भारतमा सुरु भयो विश्वकै बृहद् खोप अभियान

काठमाडौँ। भारतमा विश्वकै सबैभन्दा ठूलो खोप लगाउने कार्यक्रम सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन्् । लद्दाखमा तैनाथ भारत–तिब्बत सीमा पुलिस (आईटिबीपी) अन्तर्गतका झन्डै २० स्वास्थकर्मीहरुलाई शनिबार कोरोनाको खोप लगाइयो ।

खोप अभियान सुरु भएको घोषणा गर्दै गर्दा मोदी निकै भावूक देखिएका थिए। भिडियो कन्फ्रेसिङमार्फत जनतालाई सम्बोधन गर्दै मोदीले कोरोनाविरुद्धको लडाई अवश्य जित्ने बताए । सुरुदेखि नै आत्मविश्वास र आत्मनिर्भर भएर भारतले लडाँइ लडिरहेको उनले बताए ।

खोप अभियान सुरु भएपछि केन्द्रीय स्वास्थ मन्त्री हर्षवद्र्धनले आफु निकै खुसी रहेको बताए। भारतमा पहिलो चरणमा तीन करोड स्वास्थकर्मीहरुलाई कोरोनाको खोप लगाइदैंछ। यति ठूलो संख्यामा एकैपटक खोप अभियान चलेकाले यसलाई विश्वकै ठूलो खोप अभियान गरिएको हो। अक्सफोर्ड–एस्ट्रेजेनेकाद्धारा विकसित तथा सेरम इन्स्टिच्युटद्धारा उत्पादीत कोविसिल्ड र भारत बायोटेकेको को–भ्याक्सिनले भारतमा आपतकालिन प्रयोगको अनुमति पाएका छन्।

भारतमा कुल १ करोड ५४ लाखभन्दा धेरैमा कोरोनाको संक्रमण देखिइसकेको छ। पछिल्लो रिपोर्टअनुसार यसमध्ये १ करोड १ लाख ७९ हजार ७ सय १५ जना निको भइसकेका छन्। १ लाख ५२ हजार १ सय ३० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्।


ताजा समाचार