वामदेवको राष्ट्रिय अभियानमा २५१ केन्द्रीय सदस्य

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले २५१ सदस्सीय राष्ट्रिय एकता अभियान घोषणा गरिसकेका छन्।

अभियानमा देशभरका नेताहरुलाई समेटेर पत्रकार सम्मेलन गर्ने बताएका छन्। वामदेवको एकता अभियानको कमिटीको घोषणा यसै हप्ता हुनेबुझिएको छ। गौतम निकट स्रोतका अनुसार अभियानमा २५१ केन्द्रीय कमिटीसमेत रहनेछ।

१५०१ जना अभियानमा रहनेछन्। यसका लागि देशभरबाट नामावली संकलन अन्तिम चरणमा पुगेको छ। गौतमको राष्ट्रिय एकता अभियानमा विघटित प्रतिनिधि सभाका सांसददेखि प्रदेशसभा सांसदहरु पनि हुनेछन्।

नेकपाको कुनै पनि समूहमा नलागेकाहरु उक्त अभियानमा रहनेछन्। वैधानिक रुपमा नेकपा विभाजन नभएकाले गौतम एक बनाउन लागिपरेका हुन्। उनले पनि छुट्टै समूह बनाउर शक्ति प्रदर्शन गर्न लागेका हुन्।


ताजा समाचार