‘पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्ने निर्णय निन्दनीय’

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलियम पदार्थको मूल्य बढाएपछि अनेरास्ववियूका सहसंयोजक रन्जित तामाङले विरोध जनाएका छन्। साथै उनले मुल्यवृद्धिका विरुद्धमा एकजुट भएर विरोधमा उत्रिन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पेट्रोलियम पदार्थको मुल्यबृद्धि गर्ने प्रतिगामी सरकारको निर्णय निन्दनीय र भर्त्सना योग्यछ। यसको चौतर्फि बिरोधमा उत्रन आग्रह गर्दछु।’

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य बढाएको छ। सोमबार राति १२ बजेबाट लागू हुने गरी उक्त मूल्य लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिएका छन।

हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको उनले बताए। उपाध्ययका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ। यस्तै डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ।


ताजा समाचार