‘ओलीको र्‍याली पञ्चको र्‍यालिभन्दा फरक हुन्न’

काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले माघ २३ गते गर्ने र्‍याली पञ्चर्‍याली जस्तो मात्र हुने बताएका छन्।

पार्टी कार्यालय पेरिस डाँडामा आज २ नम्बर प्रदेशका कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीको जनसभा पञ्चहरुको भन्दा फरक नहुने बताएका हुन्।

प्रचण्डले पहिले पञ्चहरुले आफू सकिने बेलामा सबै कर्मचारी र सेना प्रहरीलाईसमेत जबरजस्ती उर्दी गरेर कार्यक्रममा ल्याएर ठूलो मास देखाउने गरेजस्तै ओलीले त्यही रुप देखाउन खोजेको आरोप लगाएका छन्।

प्रधानमन्त्री ओलीले प्रचण्ड–मावध समूहको सभालाई केही हैन भन्दै सभाकस्तो हुन्छ, २३ गतेको हेर्नुस् भनेर च्यालेन्ज गरेका थिए। त्यही भनाइको जवाफ दिँदै अध्यक्ष प्रचण्डले ओलीको २३ गतेको सभा हुनु र नहुनुले केही अर्थ नराख्ने बताएका हुन्।

प्रचण्डले पञ्चहरुजस्तै ओलीको पतन हुने र अब ओलीले गर्ने कार्यक्रम पनि त्यही रुपमा रहेको बताए। उनले इतिहासमा लेनिन र हिटलरको उदारण दिँदै ओली हिटरलरको पथमा रहेको बताए।


ताजा समाचार