शहीदहरुको सम्झनामा शहीद दिवस (फोटो फिचर)

काठमाडौँ। विभिन्न राजनीतिक परिवर्तनका क्रममा साहदत प्राप्त गर्ने शहीदहरुको सम्झनामा शुक्रबार विविध कार्यक्रम गरि शहीद दिवस मनाइएको छ।

प्रत्येक माघ १६ गते शहीद दिवस मनाइदै आएको छ। सोही अवसरमा शुक्रबार बिहान रत्नपार्कस्थित शान्तिवाटिकाबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरिएको छ।

प्रभातफेरीमा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको टोली र सर्वसाधारण सहभागी टोलीले शहीद स्मारक लैनचौर पुगेर ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेको थियो।

तस्बिरः मुकुन्द कालिकोटे


ताजा समाचार