नेपालका लागि भारतीय राजदूत विनय फागुन १८ गते आउँने

काठमाडौँ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा फागुन १८ (मार्च १) गते नेपाल आउने भएका छन्। पुसको अन्तिम साता भारत सरकारको मन्त्रिपरिषद्ले क्वात्रालाई नेपालको राजदूत नियुक्त गरेको थियो। फ्रान्सबाट भारत फर्किपछि नेपाल आउन प्रक्रिया पूरा गर्न समय लागेको कारण एक महिना ढिलाइ भएको हो।

भारतीय दूतावास स्रोतका अनुसार उनी फागुन १८ मा नेपाल आइपुग्ने छन् र फागुन १९ देखि आफ्नो कार्यभार सम्हाल्ने छन्। उमेर हदका कारणले तत्कालीन भारतीय राजदूत मञ्जिभसिंह पुरीले समय अगावै डिसेम्बरमा अनिवार्य अवकाश प्राप्त गरी भारत फर्केपछि नेपालमा कार्यवाहक राजदूतको रुपमा अजय कुमारले पदभार सम्हाल्दै आएका छन्।

सन १९८८ देखि भारतीय विदेश मन्त्रालयबाट सेवा शुरु गरका क्वात्रा पहिला थर्ड सेक्रेटरी र त्यसपछि सेकेन्ड सेक्रेटरी भएपछि सन् १९९३ मा जेनेभा मिसनमा गएका थिए। त्यसअघि उनी भारतीय विदेश मन्त्रालय, मन्त्री कार्यालयको ज्वाइन्ट सेक्रेटरी, अमेरिकाका लागि वासिंगटनडिसी स्थित भारतीय राजदुतावासमा मे २०१० देखि २०१३ सम्म उच्च तहको अधिकारीका रुपमा काम गरेका थिए।

उनी सन् २०१७ अगस्तदेखि फ्रान्सको राजदूतमा नियुक्त भएका थिए। उनलाई नेपाल ममिलाका जानकार मानिन्छ। फ्रेन्च, अंग्रेजी, हिन्दी, चाइनिज भाषा बोल्न सक्ने उनीसँग सन् २००३ र २००६ का बीचमा चीनको बेइजिङ्ग स्थित भारतीय राजदूतावासमा काउन्सलरका रुपमा काम गरेको अनुभव छ। उनले सन् २००६ देखि २०१० सम्म नेपालमा रहेको सार्क सचिवालयमा समेत काम गरेका थिए।


ताजा समाचार