भागरथीका दोषी पक्रिन सफल प्रहरी टोलीलाई सम्मान

काठमाडौँ। भागरथी भट्टको हत्याका आरोपी पक्राउ परेपछि प्रहरी टोलीलाई सम्मानसहित बिदाई गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ९डीआईजी० उत्तम सुवेदीको टोलीलाई अपराधी पत्ता लगाउन सफ भएपछि बुधबार खोचलेकबासीले सम्मानसहित बिदाई गरेका हुन्।

घटना घटेको १३ दिनपछि डिआइजीको सुवेदीको टोलीले अपराधीलाई पत्ता लगाउन सफल भएको छ। घटनामा डिआइजी सुवेदी आफैँ गएर अनुसन्धान गरेका थिए । यस्ता घटनामा प्राय बिरल्ले डिआइजी गएर अनुसन्धान गर्ने गर्दछन् तर, निर्मला पन्तजस्तो घटना नदोहोरियस भन्ने उद्धेश्यका साथ डिआइजी सुवेदी आफैँ अनुसन्धानमा खटिएका थिए ।

गत माघ २१ गते विद्यालयबाट घर नआइपुगेपछि भागरथीको खोजी शुरू भएको थियो । २२ गते स्थानीय लबलेक सामुदायिक वनको जंगलमा भागरथीको शव फेला पारेका थिए ।


ताजा समाचार