पति र प्रेमीको कुटाईबाट अभिनेत्रीको आँखा फुट्यो

भारत। बलिउडको ७० को दशककी चर्चित नायिका जिनत अमानले ७० देखि ८० को दशकमा आफ्नो सुन्दरताले सबैको मन जित्न सफल भइन्। उनले परम्परागत कपडा लगाउने प्रचलनलाई चुनौती दिँदै उनले पश्चिमी फेशनलाई अंगालेकी थिइन्।

सन् १९५१ मा जन्मिएकी जिनतले सन् १९७१ मा बलिउडमा फिल्म हरे राम हरे कृष्णा बाट फिल्ममा पहिचान पाउन सफल भएकी थिइन्। उनलाई फिल्ममा देव आनन्दले लिएर आएका थिए। त्यसपछि उनको नाम संजय खानसँग जोडियो। त्यसपछि उनको व्यक्तिगत विषयमा चर्चा हुन थाल्यो।

संजय खान विवाहित थिए। उनका बालबच्चा पनि थिए। उनी जिनतसँग सम्बन्धमा रहे। उनले जिनतसँग विवाह पनि गरेका थिए। तर झगडा बढ्न थाल्यो। मिडिया रिपोर्टका अनुसार एक पार्टीमा संजयले सबैको अगाडि जिनतलाई पिटे। जिनतको आँखा फुट्यो। त्यसपछि उनीहरुको ब्रेकअप भयो।

जिनतले फेरि सन् १९८५ मा मजहर खानसँग विवाह गरिन्। तर उनको वैवाहिक जीवन पनि सफल भएन । मजहरले पनि उनीमाथि कुटपिट गर्थे । वैवाहिक जीवनमा पनि पीडा मिलेपछि उनले सम्बन्धविच्छेद गरेर एक्लै बस्न थालिन् ।


ताजा समाचार