प्रचण्ड-नेपाल पक्षका पत्रकारहरुको इन्चार्जमा भट्टराई

काठमाडौँ। प्रचण्ड समूहका पत्रकारको इन्चार्जमा योगेश भट्टराई आउनुभएको छ। सो समूहले भट्टराईलाई उक्त जिम्मेवारी दिएको हो।

समूहको सहइन्चार्जमा विष्णु रिजाल पनि थपिनुभएको छ। महेश्वर दाहाल र ओम शर्मालाई सो समूहको प्रेस संगठनको सहइन्चार्ज यस अघि नै तोकेको थियो।

समूहको संयोजकमा महेश्वर दाहाल तथा सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल तोकिनु भएको छ। त्यस्तै महासचिवमा राजेश राईले जिम्मेवारी पाउनु भएको छ।

१९ सदस्यीय केन्द्रीय कार्यालमा पूर्वएमालेका सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, सुरजजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई तोकिनु भएको छ।

त्यस्तै पूर्वमाओवादीबाट मनोज घर्तीमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, ध्रुव बुढाथोकी र गंगा बराललाई जिम्मेवारी दिइएको छ।


ताजा समाचार