ओलीको पुतला बनाएर जुत्ता प्रहार (फोटोसहित)

काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले केपी ओलीको बुख्याँचा बनाएर जुत्ता प्रहार गरेको छ।

अनेरास्ववियूले सोमबार नारायणहिटी संग्रहालय अगाडि ओलीको प्रतिगमनलाई जुत्ता हानेर विरोध कार्यक्रम गरेको छ। गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि आन्दोलित बनेको अनेरास्ववियूले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ।।

तेस्रो चरणको विरोधसभा गरिसकेको यो समूहले चौथो चरण अन्तर्गत मानव साङ्ग्लोले टुँडिखेल घेराउको कार्यक्रम गरेको थियो। संसद् पुनर्स्थापनाको मागसहित यो समूहले फागुन १५ सम्मलाई विरोधसभा घोषणा गरेको छ।

तस्बिर: मुकुन्द कालिकोटे


ताजा समाचार