ओली समूह संसद बोलाउन सहमत

काठमाडौँ। सवोच्चको आदेशपछि कम्जोर बन्दै गरेको नेकपा (ओली समूह) ले तोकिएकै समयभित्र संसद् आह्वान गर्ने भएको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसला स्वीकार गर्ने र तोकिएकै समयमा संसद आह्वान गर्ने निर्णय गरेको छ।

भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ। उनले भने, ‘अदालतले दिएको फैसलाको समयसीमा भित्रै बैठक बस्छ।’

सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ। ज्ञवालीका अनुसार, अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले सर्वोच्चको फैसला स्वीकार्दै कार्यान्वयनमा लैजाने निर्णय भएको छ।

अदालतको फैसलापछि पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय भएको उनले बताए। उनले भने, ‘समग्र परिस्थितिको छलफल गर्न केन्द्रीय कमिटी बैठक र दलको बैठक छिटै बोलाइनेछ।’

बैठकले यो समूहले देशका विभिन्न स्थामा तय गरेको सभाहरुलाई निरन्तरता दिने पनि निर्णय गरेको छ। केही ठाउँको कार्यक्रमको स्वरुप फेरिए पनि आफ्नो कुरा राख्न सभा गर्ने निर्णय भएको उनले बताए।


ताजा समाचार