महिलालाई चिनाउने पार्क निर्माण गरिने

काठमाडौँ। ओमन फर हुमन राइट डब्ल्युएचआरले महिलालाई चिनाउने पार्क निर्माण गर्ने भएको छ।

डब्लू एचआरको अग्रसरता र नेपाल सरकारको सहयोगमा टोखा नगरपालिकामा हर स्टोरी पार्क निर्माण गर्ने भएको हो । नेपाल सरकारले उपलब्ध गराएको ३५ रोपनी जग्गामा डब्ल्यूएचआरको अग्रसरतामा पार्क निर्माण गर्न लागिएको छ ।

पार्कलाई महिलाको विषयमा खुला शिक्षण केन्द्रको रुपमा विकास गरिने डब्ल्यू एचआरले बताएको छ । नेपालको परिपेक्षमा विभिन्न कालखण्डमा समाज परिवर्तनका लागि योगदान दिने महिलाहरुको विषयमा जानकारी समेत पार्कमा समेट्ने डब्ल्युएचआरको उद्देश्य रहेको छ ।

पार्कमा सात ओटै प्रदेशको कला, सँस्कृति झल्किने घर, नारीवादी स्रोत केन्द्र,विभिन्न महिलावादी आन्दोलन र त्यसका उपब्धिलाई समेटिने डब्ल्यूएचआरका संस्थापक अध्यक्ष लिली थापाले जानकारी दिनुभयो ।

पार्कमा बन्ने विभिन्न ब्लकहरु नेपाली कलालाई नै समेटिने, हर हिस्टोरिकल डकुमेन्टशन सेन्टर, महिलाका मुभमेन्टनका रिसर्च सेन्टर, महिला मेमोरियल सेन्टर, मेडिटेशन हल लगायतका ब्लकहरु बन्ने डब्ल्यूएचआरले बताएको छ ।

वर्षको एक पटक अन्तर्राष्ट्रिय महिला दिवस मनाउदा पनि योगदान दिने महिलाको सम्मानमा कार्यक्रम गर्ने स्थल र सम्झनामा फूल चढाउने पार्क समेत नभएकोले पनि यो पार्क आवश्यक रहेको अध्यक्ष थापाले बताउनुभयो । पार्कमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको अविष्मरणीय गतिविधिहरुको स्मरण गरिने योजना बनाइएको छ ।


ताजा समाचार