कांग्रेसले पदाधिकारी बैठक बोलायो

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ।

सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। उनको अनुसार वर्तमान राजनीतिक परिस्थितिबारे छलफलका लागि बैठक बोलाइएको हो।

आज मात्र (आइतबार) वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए। पौडेल पक्षले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसँग परामर्श गर्नुपर्ने जोड दिएको छ।

तर, सभापति शेरबहादुर देउवा भने वैकल्पिक सरकार गठनका लागि परिस्थिति परिपक्व नबनेको भन्दै हतार गर्न नहुने पक्षमा छन्। यस विषयमा शीर्षस्थ नेताबीच छलफल गरेर केन्द्रीय समिति बैठक बोलाउने देउवाको तयारी छ।


ताजा समाचार