फुटबल खेल हेर्न प्रधानमन्त्री रंगशाला जाने

काठमाडौँ। त्रिदेशीय कपको फाइनल फुटबल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशालमा जाने भएका छन्।

घरेलु टोली नेपाल र बंगलादेश त्रिदेशीय कपको उपाधिका लागि आज साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ।

अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईले प्रधानमन्त्री ओली फाइलन खेल हेर्न दशरथ रंगशालमा उपस्थित हुने बताएका छन्।

एन्फाले आयोजना गरेको त्रिदेशीय कपमा नेपाल र बंगलादेशसहित किर्गिस्तान यू-२३ टिमले पनि प्रतिस्पर्धा गरेका थिए। तर, एक बराबरी र एक हारको नतिजासहित किर्गिस्तान समूह चरणबाटै बाहिरियो।


ताजा समाचार