अर्थमन्त्री डा.खतिवडाले दिए राजीनामा
काठमाडौँ। अर्थमन्त्री डा.युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्वीकृत गरेसँगै उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाने गरी तोकेकी छन्।
राष्ट्रपति कार्यलयका प्रवक्ता हरि दाहालका अनुसार खतिवडाले सम्हाल्दै आएको कार्यभार राजिनामा पछि संविधानको धारा ७७ को उपधार २ अनुसार प्रधानमनत्री ओलीले सम्हाल्ने गरी तोकिएको हो। खतिवडाको राष्ट्रिय सभा सदस्य पद आजैबाट सकिने भएपछि उनले मंगलबार दिउँसो राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए।