भारतमा कोरोनाबाट आइतबार मात्रै ९०४ जनाको मृत्यु

नयाँ दिल्ली। भारतमा कोरोना संक्रमण बढेर दैनिक कीर्तिमान बनाउन थालेको छ। आइतबार भारतमा एक लाख ६९ हजार ९१४ संक्रमित पाइएका छन्। यसअघि शनिबार एक लाख ५२ हजार ५६५ संक्रमित फेला परेका थिए।

संक्रमितको संख्यासँगै मृत्युदर पनि बढ्दै गएको छ। आइतबार कोरोना संक्रमणका कारण भारतमा ९०४ जनाको मृत्यु भएको छ। विगत ६ महिना यता एकैदिन कोरोना संक्रमणका कारण मृत्यु भएकाको यो नै सबैभन्दा ठुलो संख्या हो। यसअघि गत वर्ष अक्टोबर १७ मा कोरोना संक्रमणका कारण एक हजार ३२ जनाको मृत्यु भएको थियो।

सक्रिय संक्रमितको संख्या सोमबार १२ लाख कट्ने अनुमान गरिएको छ। आइतबार सक्रिय संक्रमितको संख्या ११ लाख ९५ हजार ९६० पुगेको छ। आइतबार एकैदिन संक्रिय संक्रमितको संख्या ९३ हजार ५९० थपिएको थियो।

एक करोड ३५ लाखभन्दा बढी संक्रमित

भारतमा अहिलेसम्म एक करोड ३५ लाख २५ हजारभन्दा बढी मानिस संक्रमणको चपेटामा परिसकेका छन्। तीमध्ये एक करोड २१ लाख ५३ हजार मानिस निको भइसकेका छन्। यस्तै, एक लाख ७० हजार २०९ जनाको मृत्यु भइसकेको छ। भारतमा अहिलेसम्म १० करोडभन्दा बढीलाई खोप लगाइसकिएको छ।

कहाँ कति संक्रमण ?

महाराष्ट्र स् भारतको महाराष्ट्र राज्यमा आइतबार ६३ हजार २९४ नयाँ संक्रमित फेला परेका छन् भने ३४ हजार ८ जना संक्रमणमुक्त भएका छन्। महाराष्ट्रमा आइतबार कोरोना संक्रमणका कारण ३४९ जनाको मृत्यु भएको छ। राज्यमा अहिलेसम्म ३४ लाख ७ हजार मानिस कोरोना संक्रमणको चपेटामा आइसकेका छन्। तीमध्ये २७ लाख ८२ हजार मानिस निको भइसकेका छन् भने ५७ हजार ९८७ जनाको मृत्यु भएको छ । हाल करिब ५ लाख ६५ हजार संक्रमित उपचाररत छन्।

उत्तर प्रदेश स् आइतबार उत्तर प्रदेश राज्यमा १५ हजार ३५३ जनामा संक्रमण पाइएको छ। यसदिन उत्तर प्रदेशमा २ हजार ७६९ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको छ। अहिलेसम्म उत्तर प्रदेशमा ६ लाख ९२ हजार मानिस संक्रमित भइसकेका छन्। तीमध्ये ६ लाख ११ हजार जना निको भएका छन्। उत्तर प्रदेशमा ९ हजार १५२ जनाको मृत्यु भइसकेको छ भने ७१ हजार २४१ जनाको उपचार भइरहेको छ।

दिल्ली स् यहाँ आइतबार १० हजार ७७४ नयाँ संक्रमित पाइएका छन् भने ५ हजार १५८ जना निको भएका छन्। आइतबार दिल्लीमा कोरोना संक्रमणका कारण ४८ जनाको मृत्यु भएको छ। अहिलेसम्म दिल्लीमा ७ लाख २५ हजार संक्रमित भएका छन् भने तीमध्ये ६ लाख ७९ हजार निको भइसकेका छन्। कोरोना संक्रमणका कारण दिल्लीमा ११ हजार २८३ जनाको मृत्यु भएको छ। यहाँ ३४ हजार ३४१ संक्रमितको उपचार भइरहेको छ।

छत्तीसगढ स् आइतबार छत्तीसगढमा १० हजार ५२१ जनामा संक्रमण पाइएको छ। यहाँ आइतबार कोरोना संक्रमणका कारण ८२ जनाको मृत्यु भएको छ। अहिलेसम्म यहाँ ४ लाख ४३ हजार मानिस कोरोना संक्रमणको चपेटामा आइसकेका छन् भने ३ लाख ४८ हजार मानिस निको भइसकेका छन्। छत्तीसगढमा कोरोना संक्रमणका कारण ४ लाख ८९९ जनाको मृत्यु भइसकेको छ। यस्तै, ९० हजार २७७ जनाको उपचार जारी छ। संक्रमणको तुलनामा सक्रिय संक्रमितको दर यहाँ सबैभन्दा बढी छ। अहिले १८।४ प्रतिशत सक्रिय संक्रमितको उपचार भइरहेको बताइएको छ।

मध्य प्रदेश स् आइतबार मध्य प्रदेशमा ५ हजार ९३९ जनामा संक्रमण पाइएको छ। यहाँ आइतबार ३ हजार ३०६ जना निको भएका छन् भने २४ जनाको मृत्यु भएको छ। मध्य प्रदेशमा अहिलेसम्म ३ लाख ३८ हजार जना संक्रमणको चपेटामा आइसकेका छन् भने तीमध्ये २ लाख ९८ हजार मानिस निको भइसकेका छन्। यस्तै मृत्यु हुनेको संख्या ४ हजार १८४ पुगेको छ भने ३५ हजार ३१६ जनाको उपचार जारी छ।

गुजरात स् यहाँ आइतबार ५ हजार ४६९ जनामा संक्रमण पाइएको छ। आइतबार निको हुनेको संख्या २ हजार ९७६ र मृत्यु हुनेको संख्या ५४ रहेको जनाइएको छ। अहिलेसम्म यहाँ ३ लाख ४७ हजार मानिस संक्रमणको चपेटामा परिसकेका छन् भने ३ लाख १५ हजार मानिस निको भइसकेका छन्। यस्तै ४ हजार ८०० मानिसको मृत्यु भइसकेको छ। हाल गुजरातमा २७ हजार ५६८ संक्रमितको उपचार भइरहेको छ।


ताजा समाचार