विश्वहिन्दू परिषद नेपालद्वारा प्रज्वलन

काठमाडौँ। नव वर्ष २०७८ को उलक्ष्यमा विश्वहिन्दू परिषद नेपालले दीप प्रज्वलन गरेको छ।

नेपालीहरुको नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै बुधबार राजधानीको बशन्तपुरको डबलीमा एक कार्यक्रमको आयोजना गरी दीप प्रज्वलन गरेको हो।

परिषदले काठमाडौँलगायत देशका विभिन्न गाउँ तथा नगरका मठ मन्दिर एवं सार्वजनिक स्थलहरुमा दीप प्रज्वलन गरेको जनाएको छ।

विश्व हिन्दू परिषद नेपालद्वारा आयोजित उक्त कार्यक्रमहरुमा परिषदका पदाधिकारी, कार्यकर्ता, शुभचिन्तक एवं स्थानीयहरुसमेतको उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित सहभागी वक्ताहरुले वक्तव्यको क्रममा विक्रम सम्वतको विशेषता एवं वैज्ञानिकताबारे प्रकाश पारेका थिए। साथै विक्रम सम्वतलाई विभिन्न जालझेल गरी हटाउने षडयन्त्र भइरहेको सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्।

तस्बिर: मुकुन्द कालिकोटे


ताजा समाचार