ओली र नेपालबीच पुन:मेरियटमा वार्ता शुरु

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा पुनः भेटवार्ता शुरु भएको छ।

बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा करिब दुई घण्टा छलफल भएको थियो। बिहीबार पुनः कुराकानी हुने भनिएको थियो। त्यसअनुसार दुई नेताबीच भेटवार्ता शुरु भएको हो।

बुधबार भएको भेटवार्तामा अध्यक्ष ओलीले पार्टीमा आएको उतारचढावबारे लामो कुराकानी गरेको भनिएको थियो। भेटसँगै दुई नेताबीचको लामो संवादहीनता तोडिएको भनिएको थियो। तर सहमतिको कुनै प्रस्ताव नआएको नेताहरूले बताएका थिए। एमाले अध्यक्ष ओलीको निर्णयविरुद्ध माधव समूहका नेताहरु बुधबार दिउँसो सर्वोच्च अदालत गएका थिए। तर, उनीहरुको रिट निवेदन दर्ता भएको छैन।

नेपाल समूहका चार प्रदेशसभा सदस्यले कर्णालीमा फ्लोर क्रस गरेपछि मंगलबार माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधिएको छ। चित्तबुझ्दो स्पष्टीकरण नआए १० गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले कारबाही गर्ने ओली समूहका नेताहरुले बताउँदै आएका छन्।


ताजा समाचार