भगवती चौधरीद्वारा बालुवाटारको बैठक बहिष्कार

काठमाडौँ। नेकपा एमालेकी नेतृ भगवती चौधरीले पार्टीको बैठकको बीचमा नै बहिष्कार गरेर बालुवाटारबाट बाहिरिएकी छन्।

पार्टीको सुनसरी जिल्लाको इन्चार्जमा दाबी गरेकी चौधरीको स्थानमा जगदीश कुशवाहाले इन्चार्ज दिएपछि असन्तुष्ट बनेकी चौधरीले बैठक चलिरहेकै बेला बालुवटारबाट बाहिरिएकी हुन्।

पहिलोपटक बैठकबाट बाहिरिँदा निरु पाललगायत नेताहरुले उनलाई सम्झाएर पुनः बैठकमा लगे पनि त्यसको १० मिनेटपछि नै बैठकबाट बाहिरिएकी थिइन्। बाहिरिने क्रममा उनले ‘अब जे–जे गर्छन्, केपी ओलीले गर्छन्’ भन्ने छोटो प्रतिक्रिया मात्र दिएकी थिइन्।

भगवती चौधरी गत चुनावमा विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन्। ०७४ को निर्वाचनमा चौधरीले गच्छदारले धाँधली गरेर चुनाव जितेको उनको आरोप थियो।


ताजा समाचार