एमालेको नयाँ स्थायी कमिटीमा महिला सहभागिता शून्य

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले नयाँ स्थायी कमिटी घोषणा गरेका छन्।

आफू निकट र माओवादी केन्द्र परित्याग गरेर आएका नेतालाई समेट्दै घोषणा गरिएको नयाँ स्थायी कमिटीमा कर्णाली प्रदेश र महिलाको सहभागिता छैन। कर्णाली र महिलाको सहभागिता नगरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा ओलीको आलोचना भइरहेको छ। साथै नयाँ स्थायी कमिटीमा माधव नेपाल पक्षका कुनै पनि नेताहरुलाई सहभागी गराइएको छैन।

शुक्रबार बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले १८ सदस्यीय कमिटी घोषणा गरेको हो। एमाले ओली पक्षकै बिन्दा पाण्डे, राधा ज्ञवाली, थममाया थापा, श्रीमाया थकालीसहितका महिला नेताहरु स्थायी कमिटीमा लागि दाबेदार थिए।

तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले ईश्वर पोख्रेल, रामबहादुर थापा बादल, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणी थापाा, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुबीर महाशेठ, केशब बडाल र पुष्पराज कडेंललाई मात्रै सहभागी गराएर नयाँ स्थायी कमिटी गठन गरे।


ताजा समाचार