विपिनको निर्देशनमा ‘माया छेउमै नआउने’ (भिडियोसहित)

काठमाडौँ। लोकप्रिय गायक शिशिर योगीको समुधुर स्वर र सङ्गीतमा ‘माया छेउमै नआउने’ बोलको रोमान्टिक गीत बजारमा आएको छ।

हरिहर तिमिल्सिनाको शब्द रचना रहेकाे उक्त गीतमा सुरेश शाहीको संगीत संयोजन रहेको छ। गीतको मिक्सिङ माष्टरिङ कुमार रानाले गरेका हुन्।

म्युजिक भिडियो सम्पादक तथा छायांकारको परिचय बनाएका वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सिनेम्याटोग्राफी र सम्पादनमा निर्मित उक्त गीतको म्युजिक भिडियोको कोरियोग्राफर सुरेन्द्र बसेल हुन्।

भिडियोमा कलाकार सुधीर श्रेष्ठ र याङ्शु श्रेष्ठको अभिनय रहेको छ। गायक योगीकै अफिसियल युट्युब च्यानल Shishir Yogi मार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ।


ताजा समाचार