कोरोना करहर: दिल्लीको घाटमा ठाउँ छैन, पार्कमा अन्तिम संस्कार

काठमाडौँ। भारतको राजधानी दिल्लीमा कोरोनाभाइरसको आतंक जारी छ। दैनिक संक्रमणको दरमा नयाँ रेकर्ड कायम भइरहेका छन् भने हजाराै‌ मानिसहरुको कोरोनाका कारण मृत्यु भइरहेको छ।

स्थिति यस्तो भइसकेको छ कि घाटमा शव जलाउनका लागि लामो लाइन लागिरहेको छ। दिल्लीको सराय काले खांमा स्थिति यस्तो भइसकेको छ कि दाहसंस्कारका लागि पार्कमा व्यवस्था मिलाइँदैछ।

दिल्लीको सराय काले खांमा घाट नभएको होइन। घाट त छन् तर दैनिक यति धेरैको मृत्यु भइरहेको छ कि सबैको घाटमा नै अन्तिम संस्कार गर्न असम्भव भइरहेको छ। सराय काले खांको हराभरा पार्कमा जहाँ मानिसहरु टहल्न जान्थे त्यहाँ मानिसहरुको चितालाई अग्नी दिने व्यवस्था मिलाइएको छ।

सराय काले खां पार्कमा शव जलाउनका लागि नयाँ प्लेटफर्म तयार गरिँदैछ । हाल यहाँ २० प्लेटफर्म तयार गरिँदै छ । जबकी पार्कको अर्को हिस्सामा ५० प्लेटफर्म तयार गरिँदैछ।

प्लेटफर्म तयार गर्ने ठेकेदारका अनुसार शव यति धेरै आइरहेका छन् कि घाट नै सानो भएको छ । ठेकेदारका अनुसार शव जलाउनका लागि ठाउँका साथै दाउराको पनि हाहाकार मच्चिएको छ । स्थिति निकै नाजुक भएको उनी बताउँछन् ।


ताजा समाचार