अमेरिकाले ६ करोड डोज खोप बाँड्ने

काठमाडौँ। अमेरिकाले उसको खाद्य तथा औषधि नियामक निकायले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको कोरोनाभाइरस खोप अरू देशलाई बाँड्ने घोषणा गरेको छ।

ह्वाइटहाउसको विज्ञप्तिअनुसार करिब ६ करोड मात्राको खोप केही महिनाभित्र उसले निर्यात गर्न सक्नेछ। विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएतापनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडिए०ले सो खोपलाई अझै स्वीकृति दिएको छैन।

बीबीसीका उत्तर अमेरिका सम्वाददाता एन्थनी जर्कर भन्छन् महामारी व्यवस्थापनका सिलसिलामा अमेरिकाले प्रशस्तै कमजोरीहरू प्रदर्शन गर्‍यो। तर खोप उत्पादन भने तिनमा थिएनन्।

हाल बाइडन प्रशासनसँग प्रशस्त खोप स्टक रहेको छ र अब ऊ ती खोपमध्ये केही अन्य देशलाई बाँड्दैछ। करिब ६ करोड मात्राको आस्ट्राजेनेका खोपको निर्यातसम्बन्धी अमेरिकी निर्णय त्यतिखेर आएको छ जतिखेर उसका छिमेकीहरू क्यानडा र मेक्सिको सङ्घर्षरत छन् भने भारत गम्भीर कोभिड सङ्कटमा परेको छ।

ूयसले बाइडन प्रशासनलाई खोप कूटनीतिको प्रयोग गर्ने अवसर दिएको छ। खोप निर्यात गरेर उसले अरू देशलाई पनि त्यसै गर्न प्रोत्साहन गर्नसक्छ अनि अमेरिकाका अन्य विदेशनीति प्राथमिकतालाई अघि सार्नसक्छ,ू जर्कर भन्छन्।

कम्तीमा यसो गर्दा बाइडन प्रशासनमाथि लाग्दै आएको खोप थुपारेको आलोचना मत्थर हुने उनले बताए। हाल उक्त निर्णय कार्यान्वयनमा बाइडनका सामु खासै घरेलु चुनौती नभएको पनि उनले बताए। बाइडन प्रशासनले जुलाईसम्म सबै अमेरिकीलाई खोप दिलाउने योजनाअनुसार काम भइरहेको बताइएको छ।


ताजा समाचार