४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६७२ पीसीआर परीक्षणमा ४ हजार ३६४ र १ हजार ९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा १३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार १३८ जनामा संक्रमण पुष्टि भएको हो।


ताजा समाचार