श्रीमती र भाइ मिलेर हत्या

धनुषा। जिल्लाको हंसपुर नगरपालिकामा आफ्नै श्रीमती र भाइ मिलेर एकजनाको हत्या गरेको प्रहरीले जनाएको छ।

हंसपुर नगरपालिका वडा नम्बर ६ टिल्ही निवासी २५ वर्षीय शम्भु मण्डललाई उनकै श्रीमती र भाइ मिलेर हत्या गरेको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्र कुमार मिश्रले बताए ।

शम्भु एक महिना अगाडिमात्रै वैदेशिक रोजगारीबाट फर्किएका थिए । शनिबार बिहान २ बजेर ३० मिनेटतिर शम्भु उनकी २३ बर्षीया पत्नी सुशिलादेवी, भाइहरु अनिल मण्डल र जय मण्डलबीच घरायसी विवाद भएको र त्यहीँ क्रममा तीनै जना मिलेर उनको धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएको मिश्रले बताए ।

लाठीसहित घरेलु हतियारले प्रहार गर्दा शम्भुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घट्नापछि तीनै जना फरार भएका छन्। उनीहरुको खोजी गर्दै थप अनुसन्धान शुरु गरिएको प्रहरी प्रवक्ता मिश्रले बताए ।


ताजा समाचार