कहिलेसम्म बढ्छ रगत जम्ने समस्या ?

काठमाडौं। कोरोनाभाइरसको दोस्रो लहर युवाका लागि बढी खतरनाक साबित भइरहेको छ । यस्ता थुप्रै मामिला देखिइसकेका छन् जहाँ संक्रमित व्यक्तिमा कार्डिएक अरेस्ट र ब्लड क्लटिङको समस्या देखिएको छ। अक्सिजन र औषधीका कमीका कारण पनि स्थिति दिनप्रति भयावह हुँदैछ। यस विषयमा स्वास्थ्य विज्ञले एक भारतीय मिडियासँग बिस्तारमा कुराकानी गरेका छन् ।

कोरोनाभाइरसले किन युवालाई आफ्नो शिकार बनाइरहेको छ ?

यसबारे फार्टिस अस्पतालका अध्यक्ष डा. अशोक शेठले भने, ‘म्युटेन्ट भाइरस अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी संक्रामक भएको छ । अर्को, धेरैजसो युवा जागिर र कुनै आवश्यक कामका लागि बाहिर निस्किरहेका छन् । यसैकारण उनीहरु संक्रमित हुने सम्भावना पनि बढिरहेको छ । त्यसैले पनि यसपटक संक्रमितमा युवाको संख्या बढी छ ।’                                                                   डा. सेठले थपे, ‘दुर्भाग्यवश यो भाइरसले मानिसहरुको मुटुको गतिलाई पनि हानी पुर्‍याइरहेको छ । यसले मुटुमा रगत जम्ने समस्या पनि बढाउन सक्छ । यो रगत फोक्सो र धमनीमा पनि जम्न सक्छन् । यस्तो हुँदा बिरामीमा हृदयघातको सम्भावना निकै बढ्ने गर्छ ।’

डा. सेठका अनुसार कोरोनाका कारण मुटुको मांसपेशी कमजोर हुने गर्छ । मुटु सुन्निने भएकोले यस्तो हुन्छ । यसका कारण हार्ट फेलियर, रक्तचापमा समस्या र मुटुको धड्कनको गति छिटो र ढिलो हुन थाल्छ । फोक्सोमा रगत जम्ने भएका कारण मुटुको स्वास्थ्यमा नकारात्मक असर पर्छ । यस्तो समस्या युवामा बढी देखिएको छ ।

कहिलेसम्म बढ्छ रगत जम्ने समस्या ?

डा. सेठका अनुसार कोरोना संक्रमित भएको पाँचौ दिन रगत जम्ने सम्भावना सबैभन्दा धेरै हुन्छ । यो शरीरमा एक इन्फ्लेमेटरी रियाक्सनका कारण हुनेगर्छ । यसअघि बिरामीमा केही हल्का लक्षण नै महसुस हुन्छ जस्तै खोकी वा ज्वरो । यो भाइरसको सीधा प्रभाव होइन, एउटा इन्फ्लेमेटरी र इम्यूनोलोजिकल रियाक्सन हो । त्यसैले पहिलो चार दिन खासै चिन्ताको विषय होइन तर ५ देखि १२ दिनबीच स्थिति निकै गम्भीर हुने गर्छ । बिरामीको गम्भीर स्थिति वा मृत्यु यही ५ देखि १२ दिनको बीचमा देखिन्छ । यद्यपि, १२ दिन बितिसकेको छ भने बिरामीको ज्यानको खतरा कम हुन्छ ।

डा. सेठले दिएको जानकारी अनुसार संक्रमण चरणको पाँचौ दिनमा बिरामीलाई रगत पातलो बनाउने इन्जेक्सन दिइन्छ । उपचार समाप्त भएपछि पनि थुप्रै पटक यो औषधी चलाइने गरिन्छ । यद्यपि, बिरामीको गम्भीर स्थिति देखेपछि अर्थात् इन्फ्लेमेटरी रियाक्सनको स्तर परीक्षण गरेपछि बिरामीलाई रगत पातलो बनाउने औषधी दिन सकिन्छ ।

उनले भने, ‘इन्फ्लेमेटरी रियाक्सन वा ज्वरो लगातार पाँच दिनसम्म रहेको खण्डमा बिरामीलाई अक्सिजनको समस्या हुने वाला छ कि छैन भनेर थाहा हुन्छ । सिधा भाइरस इन्फेक्सनका कारण फोक्सोमा समस्या हुने होइन सुन्निएका कारण यस्तो हुने गर्छ ।

यस्तै, मेदान्तका अध्यक्ष डा. नरेश त्रेहनले कोरोनाको दोस्रो लहरमा कम आयुका पुरुष बढी संक्रमित भइरहेको जानकारी दिएका छन् । डा. त्रेहन भन्छन्, ‘अघिल्लो पटक हामीले १०–१५ प्रतिशत पोस्ट कोभिड–१९ बिरामीमा हार्ट इन्फ्लेमेशनको समस्या देखेका थियौं । तर यसपटक यो इन्फ्लेमेटरी रियाक्सन बढी घातक साबित भइरहेको छ । यसमा थुप्रै बिरामीको मुटुको गति २०–२५ प्रतिशतसम्म चल्ने गर्छ । ’

सिटी स्क्यानको आधारमा डा. त्रेहनले भने, ‘यसपटक भाइरसले मानिसहरुको फोक्सोलाई बढी खराब पारिदिएको छ । ज्वरो र छातीमा गम्भीर संक्रमण देखिएका बिरामीको अक्सिजिनेशन खासै त्यति प्रभावकारी देखिएको छैन । त्यसैले कोही बिरामी अस्पताल छन् र उनीहरुमा गम्भीर लक्षण देखिएको छ भने उनीहरुको कार्डिएक एको पनि गर्नुपर्छ ताकि इन्फ्लेमेशनबाट मुटुको मांसपेशीमा कति असर परेको छ भनेर पत्ता लगाउन सकियोस्।’


ताजा समाचार