गण्डकीमा नयाँ सरकार गठनको दाबी

काठमाडौं। चार दलले नयाँ सरकार गठनको दावी गर्दै प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्।

गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाएका हुन् ।

प्रदेशमा वैकल्पिक सरकार गठन गर्न बहुमतको दावीसहितको पत्र प्रदेश प्रमुख सीता पौडेल समक्ष बुझाएको माओवादी केन्द्रका सांसद रामजी बरालले बताए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनु अगाडि नै राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलसहितको सरकार गठनका लागि प्रदेश प्रमुखले बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन्।

सरकार गठनको लागि ३१ जनाको हस्ताक्षर आवश्यक पर्छ । एकजनाको हस्ताक्षर नपुगेर अन्योलमा रहेको गठबन्धनले राजमोका सांसद कृष्ण थापालाई कारबाही गरेपछि जनमोर्चाका तीनमध्ये दुईजनाको हस्ताक्षर राखेर पत्र बुझाइएको छ। गठबन्धनबाट मुख्यमन्त्रीको उम्मेदवार कृष्ण चन्द्र नेपाली पोखरेल रहेका छन्।


ताजा समाचार