नयाँ मन्त्रीको सपथ ८ बजे

काठमाडौं। जनता समाजवादी पार्टीका असन्तुष्ट नेताहरु र एमालेका नयाँ मन्त्रीहरुको सपथ ग्रहण आज (शुक्रबार) राति ८ बजे हुने भएको छ।

नयाँ मन्त्रीहरुको सपथ ग्रहण राति ८ बजेका लागि तय भएको सूचना प्राप्त भएको छ।

आफैंले चुनाव घोषणा गरिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र हेरफेर गर्न लागेका हुन् । महन्थ ठाकुर पक्षका जसपाका ८ नेतालाई मन्त्री र दुईजनालाई राज्यमन्त्रीमा सपथ खुवाउने तयारी छ।

त्यसैगरी एमालेका पहिलो लटमा मन्त्री बनेकाहरुलाई हटाएर नयाँलाई ल्याइने भएको छ। एमालेका चारजनालाई मात्रै बाँकी राखेर अरुलाई हटाइने भएको छ।

 


ताजा समाचार