मन्त्री परिषद विस्तार, यी हुन् जसपाबाट बनेका मन्त्री

काठमाडौं। जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।

नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका छन् । नयाँ मन्त्रीहरुले आजै शीलतनिवासमा सपथ लिएका छन्।

ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्री थपिएका छन् । मन्त्री बन्न्नेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी छन्। ​

एमालेबाट विष्णु पौडेल, रघुवीर महासेठ, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, ​वसन्तकुमार नेम्वाङ र लीलानाथ श्रेष्ठ मन्त्री बनेका छन् ।


ताजा समाचार