मुख्यमन्त्री भट्टबाट पाठ सिक्न भीम रावलको सुझाव

काठमाडौं। विश्वासको मत पाएका सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेका नेता भीम रावलले बधाई दिएका छन्।

सामाजिक सञ्जालमार्फत रावलले विश्वासको मत पाएका भट्टसँग अरुले राजनीतिक नैतिकता सिक्न सक्ने उल्लेख गरेका छन् ।

‘विधि, विधान र पद्धति मिच्नेहरुले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?,’ रावलले लेखेका छन् । भट्टलाई एमालेका १७ सांसदले मत दिएका थिए । माधवकुमार नेपाल समूहका १७ सांसदले मतदान गरेपछि भट्टले मुख्यमन्त्रीमा ३० मत पाएका थिए ।

५१ सदस्यीय प्रदेशसभामा बहुमत पाउन २६ सांसद आवश्यक पर्थ्यो । तर नेता नेपाल समूहका १३ र माओवादी केन्द्रको १३ मत मुख्यमन्त्री भट्टले पाए । १२ सिट रहेको नेपाली कांग्रेस तटस्थ बस्यो भने एमाले अध्यक्ष केपी शर्मा ओली समूहका सात र जनता समाजवादी पार्टी (जसपा) का दुई गरी ९ जना सांसदले विपक्षमा मतदान गरे ।


ताजा समाचार