राष्ट्रपति निवासबाट १३ जना अधिकारकर्मी पक्राउ

काठमाडौं। राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले महिला अधिकारकर्मी सावित्री सुवेदीसहित १३ जनालाई नियन्त्रणमा लिएको छ।

राष्ट्रपति भवन अगाडि प्रदर्शनको तयारी गरिरहेको अवस्थामा एक समूह र महाराजगञ्जस्थित प्रहरी वृत्तमा प्रदर्शन गर्न खोज्ने अर्को समूहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा सावित्री सुवेदी, शितल शर्मा, रुही भण्डारी र विवेक थापासहित १३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 


ताजा समाचार