सामाजिक कार्यको अग्रपंक्तिमा टिकटक मिलिजुली परिवार

काठमाडौं। मिलिजुली टिकटक परिवारले काठमाडौंको भृकुटीमण्डपमा नेपाल होचापुडका संघमा आवद्ध रहेका ३० परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेको छ।

मंगलबार बिहान काठमाडौको भिर्कुटीमण्डपामा गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुलि टिकटक परिवारको सयुक्त आयोजनमा होचापुडका संघमा आबद्ध रहेका ३० परिवारलाइ ४७ हजार ७ सय रुपैयाँ बराबरको खाद्यान्न सामाग्री बितरण गरेको छ।

कार्यक्रम संयोजक के. बि. थापा (सुमन) का अनुसार ३० परिवारको लागि १ महिना खाना पुग्ने चामल ४५० के. जि, दाल ६० के. जि, तेल ३० लिटर, सोयाबिन १२ के. जि, नुन ३० के.जि, चाउचाउ ५ कार्टुन, भाडा माज्ने साबुन ५ दर्जन, लुगाधुने साबुन ५ दर्जन र बिस्कुट ६ कार्टुन बितरण गरेका छ्न।

नेपाल होचापुडका संघका अध्यक्ष निर्मल मंग्रातीले विभिन्न जिल्ला बाट काठमाडौ आइ बसोबास गरेका होचपुडाकाहरुको बिश्वब्यापी फैलिएको कोरोना माहामारीका कारण रोजगारी गुमेको र चुलो बाल्न पनि धौ-धौ परेको अबस्थामा मिलिजुली टिकटक परिवारले यति ठूलो सहयोग गरेकोमा धन्यवाद दिनुभएको थियो।

कार्यक्रममा मिलिजुली टिकटक परिवारका कार्यक्रम संयोजक के. बि. थापा (सुमन ), मिलिजुली परिवारका सदस्यहरु हेम अबिरल, सृजना खडका, अजय पाण्डे, सुदिना खड्का, शेखर चिमौरिया, सानू शर्मा, लक्ष्मी भन्डारी, र निपुणराज श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै परिवारका सदस्य हेम अबिरलले गत भाद्र महिना देखि मानव सेवा नै मुल धर्म हो भन्ने नाराका साथ टिकटक बाट जोडिएको यो मिलिजुली टिकटक परिवारले यस अघि २५ वटा यस्तै सहयोग हस्तान्तरणका कार्यक्रम सफलतापुर्वक सम्पन्न गरि सकेको र यो २६ औ कार्यक्रम गर्न देशबिदेश बाट सहयोग गर्ने सबै समाजसेवी हातहरुलाइ विशेष धन्यवाद दिनुभएको थियो।             


ताजा समाचार