इङ्ल्यान्डको पीडा: कहिले पेनाल्टी मिस, कहिले गोलले मान्यता नपाउने

इङ्ल्यान्ड। गत बुधबार समूह एफको खेलमा हंगेरी र जर्मनी तथा फ्रान्स र पोर्चुगलबीच एकै समय खेल भइरहेको थियो । यी चार टोलीमध्ये कुनै पनि टोली प्रतियोगिताबाट बाहिरिने टुंगो लागिसकेको थिएन । समूह विजेता, उपविजेता र तेस्रो हुने टोलीको पनि टुंगो थिएन ।

अन्तत हंगेरीविरुद्ध अन्त्यतिर गोल फर्काएर जर्मनीले खेल बराबरी ग¥यो । यता, पोर्चुगल र फ्रान्सबीचको खेल बराबरी भएपछि फ्रान्स समूह विजेता बन्यो । उपविजेता जर्मनी र इङ्ल्यान्ड अन्तिम १६ मा भेट्ने पक्का भयो ।

यससँगै इङल्यान्डमा जर्मनीविरुद्धको खेललाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भइसकेको छ । इंलिस समर्थकहरुले जसलाई सबैभन्दा कठिन प्रतिस्पर्धी ठानेका थिए, र जसको सामना गर्नु नपरोस् भन्ने चाहन्थें, त्यही टोलीसँग आज अन्तिम १६ मा प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार राती ९ः४५ मा सुरु हुनेछ ।

हंगेरीविरुद्ध जर्मनीले बराबरी गोल फर्काएयता नै यो खेललाई लिएर इङल्यान्डमा चर्चा–परिचर्चा छ । ४० हजार दर्शक आज खेल हेर्न वेम्बली रंगशाला आउने अनुमान छ ।

जर्मन प्रशिक्षक जोआचिम लोउ पनि यस खेललाई लिएर उत्साहित छन् । ‘यो निकै ठूलो भिडन्त हुनेछ,’ उनले हंगेरीसँगको बराबरीपछि भने । यद्यपी, उनी केही खुसी पनि छन् । किनकी, जर्मनीले प्रतियोगितामा शान्दार सुरुवात गर्न सकेको छैन र केही हदम्म इङल्यान्ड उनका लागि सहज प्रतिद्वन्द्वी हुनसक्छ । कारण  ठूला प्रतियोगितामा दुई टोलीबीच नकआउट चरणमा जर्मनी सधैं भाग्यमानी साबित हुँदै आएको छ ।

२०१० मा ‘घोस्ट गोल’ को शिकार 

सन् २०१० मा जर्मनीसँग ४–१ ले पराजित हुँदै अन्तिम १६ मात्रै इङल्यान्ड बाहिरिएको थियो । यस प्रतियोगितामा इङल्यान्डका फ्रयाङ्क लाम्पार्डको गोल कसले बिर्सनसक्छ र !  जर्मनी २–१ अघि रहेका बेला लाम्पार्डले गोल गर्दै इङल्यान्डलाई २–२ को बराबरीमा फर्काएका थिए । तर, उनको गोललाई रेफ्रीले मान्यता दिएनन् । जबकी, भिडियोमा स्पष्टैसँग बल गोलपोस्टभित्र छिरेको देखिन्थ्यों । यस गोलले मान्यता नपाउँदा इङल्यान्डको कमब्याक सफल हुन सकेन । बरु, उल्टै थोमस मुलरले दुई गोल थपेर जर्मनीलाई ४–१ को फराकिलो जित दिलाए । यस खेलपछि गोललाईन टेक्नोलोजीको प्रयोगबारे बहस थप फराकिलो बन्यो र दुई वर्षपछि फिफाले यसको प्रयोग पनि थाल्यो ।

युरो २०२० : इङल्यान्ड विजयी 

दुई टोलीबीचको भिडन्त सधैं एकोहोरो छ भन्ने होइन । इङल्यान्डले युरो २००० को प्रतिस्पर्धात्मक भिडन्तमा अन्तत जर्मनीलाई हराएको थियो । जर्मनीविरुद्ध १९६६ को विश्वकपपछि ठूला प्रतियोगितामा इङल्यान्डको यो पहिलो जीत थियो ।  एलन सियरले यस खेलमा निर्णायक गोल गरे । रोचक, कुरा हारले जर्मनी त प्रतियोगिताबाट बाहिरियो नै । इङल्यान्ड पनि दोस्रो चरणमा पुग्न सकेन । इङल्यान्डले रोमानियाविरुद्धको अन्तिम खेल गुमायो । जसकारण, पोर्चुगल र रोमानिया यस समूहबाट दोस्रोमा पुगे ।

युरो १९९६ : साउथगेटको पेनाल्टी मिस 

१९९६ को २६ जुनमा बिम्बलीमा युरोको सेमिफाइनलमा जर्मनी र इङल्यान्डबीच प्रतिस्पर्धा भएको थियो । यस खेलमा एलन सियरले इङल्यान्डलाई अग्रता दिलाएका थिए भने स्टेफान कुन्ट्जले जर्मनीबाट बराबरी गोल फर्काएका थिए । अति प्रतिस्र्धात्मक खेल निर्धारित समयमा १–१ को बराबरीपछि अतिरिक्त समयमा पुग्यो । त्यहाँ पनि नतिजा निस्कन नसक्दा पेनाल्टी सुटआउटबाट खेलको टुंगो लगाउनुपर्ने भयो । र, अहिले इङल्यान्डका प्रशिक्षक रहेका ग्यारेथ साउथगेट त्यतिबेला पेनाल्टीमा चुके । जर्मनी विजयी भयो ।

के यसपटक इङल्यान्डले जित्छ ?

जर्मनीका प्रशिक्षक जोआचिम लोले युरोकपपछि पदबाट राजिनामा दिने घोषणा गरिसकेका छन् । के इङल्यान्डविरुद्धको खेल नै उनको बिदाई खेल हुनेछ ?

तीनपटकको युरोपेली च्याम्पियन र चार पटकको विश्व च्याम्पियन भएपनि जर्मनी पछिल्लो समय भरपर्दो टोली होइन । २०१८ को विश्वकपमा यो टोली समूहचरणबाटै बाहिरिएको थियो । त्यसयता, तीन वर्षसम्म टोलीमा विभिन्न प्रयोग गरेपनि सन्तुलित टोली बनाउन उनले अझै सकेको छैनन् ।

एउटा कुरा पक्का छ । इङल्यान्डले जर्मनीलाई ठूलो चुनौती भने दिनेछ । सन् १९६६ मा पश्चिम जर्मनीलाई हराएर इङल्यान्डले विश्वकप जितेको थियो, त्यसयता कुनै पनि ठूलो प्रतियोगिता जित्न नसकेको इङल्यान्डको नजर यसपटक युरो च्याम्पियन बन्नेमै छ । आजको खेलमा विजयी हुने टोलीले क्वाटरफाइनलमा स्विडेन र युक्रेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

अर्को पेनाल्टी सुटआउट ?

इङल्यान्डका पूर्व मिडफिल्डर डेनी मर्फी जर्मनीसँग डराउनुपर्ने कारण नरहेको बताउँछन् । ‘हामीसँग उनीहरुलाई समस्या सिर्जना गर्नसक्ने खेलाडी छन्, डराउनुपर्ने केही छैन,’ उनले भने । जर्मनी पूर्व प्रशिक्षक योर्गान क्लिन्सम्यानले यो खेलको मज्जा लिने बिताए । ‘जर्मनी र इङल्यान्ड दुबै उस्तै अवस्थामा छन्,’ उनले भने,‘मलाई लाग्छ यो बराबरीको लडाँइ हुनेछ र जो टोली फर्ममा छ, उसैको पक्षमा नतिजा आउनेछ ।’


ताजा समाचार