नेपाललाई ओलीको प्रश्न:जेठ २ गते फर्किए पनि बैठकमा किन नआएको ?

काठमाडौँ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ २ मा फर्किएपछि पनि किन बैठकमा सहभागी नभएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रश्न गरेका छन्।

माधव नेपाल पक्षकै मागअनुरुप आफूहरु जेठ २ मा फर्किएपनि नेपाल बैठकमा सहभागी नभएको भन्दै उनले शनिबारको केन्द्रीय समिति बैठकमा आक्रोश पोखे। ‘जेठ २ मा फर्किएपछि उहाँहरु आउनुपर्दैन रु जति गर्दा पनि जस्ताको जस्तै छ। केही पनि फरक परेको छैन ’, उनले भने। यद्यपी उनले माधव नेपाल बैठकमा नआएपनि पार्टी गतिशील ढंगले अघि बढ्ने स्पष्ट पारे।

सो क्रममा उनले विपक्षी मोर्चा कसका विरुद्ध बनेको भन्दै प्रश्न पनि गरेका छन्। ‘विपक्षी मोर्चाका कसका लागि बनेको हो। मलाई बनाइदिनुस् त साथीहरु’, एमाले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘यो विपक्षी मोर्चा कोभिडविरुद्ध लड्न बनाएका हुन् यिनीहरुले ? बाढीपहिरो पीडितको उद्दारका लागि हो ?’

उनले नेता घनश्याम भुसालमार्फत आफूले नेपालसँग टेलिफोनमा कुरा गरेको पनि ओलीले बताए। सो क्रममा नेपालले एकताका लागि केन्द्रीय कमिटी रोक्ने भनेपछि आफूले सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता लिन भनेको जानकारी दिए। तर नेपालले नमानेको ओलीको भनाइ छ। ‘जसले हाम्रो पुत्ला जलाउँदै हिँडेछ, अनि उनीहरूका लागि हामीले बैठक रोक्नुपर्ने?’ ओलीको आक्रोश छ।


ताजा समाचार