पाँच जना चिनियाँ जुवाडे पक्राउ

काठमाडौँ। नेपाल प्रहरीले काठमाडौँको ठमेलबाट जुवा खेलिरहेका पाँच जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

बुधबार राति करिब १० बजे सम्पत्ति हार जीत हुने गरी ठमेल जेपी मोडमा चिनियाँ नागरिकहरु जुवातास र सट्टाबाजी खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

ठमेल जेपी मोडस्थित चिनियाँ नागरिक सिआयोलङले सञ्चालन गरेको सियाङ होटलमा उनीहरुले जुवातास खेलिरहेको प्रहरीले फेला पारेको थियो । पक्राउ पर्नेमा सिआयोलङसहित पी। चुआन, हु वेनबिन, ही फुयु र लि सिआओ तोङ रहेका छन्।

उनीहरुको साथबाट १ लाख २३ हजार नेपाली रुपैयाँसमेत बरामद गरिएको छ। स्थानिय मानिसहरुको रोहबरमा दशीका सामानसहित बरामद गरी नियन्त्रणमा लिइ वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


ताजा समाचार