मेस्सी र नेयमार सर्वोत्कृष्ट खेलाडी, गोल्डेन बुट मेस्सीलाई

एजेन्सी। अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिली स्टार नेयमार संयुक्त रुपमा कोपा अमेरिका कपको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।

दक्षिण अमेरिकी फुटबल फेडेरेसनको प्राविधिक टोलीको अध्ययन पछि मेस्सी र नेयमारलाई संयुक्त रुपमा कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको हो। कोपाको इतिहासमा पहिलोपटक दुई खेलाडीले सर्वोत्कृष्ट खेलाडीको अवार्ड बाडिँएको हो।

दुई मध्ये एक खेलाडीलाई मात्रै छान्न असहज भएकाले दुवै खेलाडीलाई कोपाको सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको कन्मेवलले जनाएको छ। यस सिजनमा मेस्सी र नेयमार दुवैले उत्कृष्ट प्रर्दशन गरेका थिए।

मेस्सीले सर्वोत्कृष्ट खेलाडीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि पनि जिते। मेस्सीले कोपाको ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका छन्। यता नेयमारले ६ खेलमा २ गोल गर्नुका साथै ३ असिस्ट दिएका थिए।


ताजा समाचार