माधव नेपाललाई कार्यदलको सुझाव, ‘अब धेरै विवाद नगर्नुस्’

काठमाडौँ। नेकपा एमाले कार्यदलले तयार पारेको सहमतिको प्रस्तावलाई कार्यदलमा रहेका नेताले वरिष्ठ नेता माधव नेपाललाई बुझाएका छन्।

कार्यदलका संयोजकद्वय सुवास नेम्वाङ र भीम रावल तथा सदस्य विष्णु पौडेलले सहमतिको प्रस्ताव वरिष्ठ नेता नेपाललाई बुझाएका हुन्। यसअघि सोमबार कार्यदलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।

कार्यदलको प्रस्तावलाई कार्यान्वयन गर्दै पार्टीलाई मिलाएर लैजान सुझाव दिएको स्थायी कमिटी सदस्य तथा एमाले अध्यक्ष केपी ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले बताए। आफूहरूको प्रस्तावमा वरिष्ठ नेता नेपाल सकारात्मक बनेको समेत उनले बताए।

दुई नेता भेटेर कुराकानी गर्न समेत उनीहरूले सुझाएका छन्। ‘तपाईंहरू भेट्नुस् आपसमा छलफल गर्नूहोस्। अध्यक्षसँग आफ्ना कुरा राख्नुहोस् भनेका छौं,’ नेम्वाङले भने, ‘विवाद हुँदा यो ठाउँसम्म आइपुगियो, अब धेरै विवाद नगर्नुस् भन्यौं।’


ताजा समाचार