अध्यक्ष प्रचण्ड र अष्ट्रेलियाली राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ। नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फेलोसिटी वोल्कले नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

बिहिबार बिहान भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई स्वागत तथा कार्यकालको शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष प्रचण्डले अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गर्दै नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेका छन्।

सो अवसरमा अध्यक्षले राजदूत व‍ोल्कको कार्यकालको सफलताको शुभकामना व्यक्त गरे। उक्त भेटवार्ता राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने बताइन। उनले आफ्नो कार्यकाल सफल बनाउन प्रचण्डसँग सहयोगको अपेक्षासमेत गरेकी छन्।


ताजा समाचार