एमाले संसदीय दलको बैठकमा पनि माधव पक्ष अनुपस्थित

काठमाडौँ। नेकपा एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष सहभागि भएन।

नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसको दलको बैठकमा नेपाल पक्ष सहभागि नबनेको हो। बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी थिए।

शुक्रबार दिउँसो १२ बजे बसेको एमाले स्थायी समिति बैठकले कार्यदलको १० बुँदे एकता प्रस्ताव अनुमोदन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई आव्हान गर्ने निर्णय गरेको थियो। उक्त स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष सहभागी छैन। च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थियो।

स्थायी कमिटी र संसदीय दलको बैठक नेपाल पक्षका उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य र गोकर्ण विष्ट स्थायी कमिटी बैठकमा गएका थिए। तर, उनीहरुको बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले अस्वीकार गरे। ओलीले बैठक रोक्न नमानेपछि उनीहरु नेता माधव नेपालको निवास लागेका थिए।


ताजा समाचार