जसपा विवादको छिनोफानो ११ गते

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद समाधानका बारेमा निर्वाचन आयोगले पार्टीको कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ।

बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित सबै आयुक्तसहितको ५ सदस्यीय इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको छ।

जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच विवद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गरेको थियो।

छलपलबाट विवाद समाधान नभएपछि आयोगले कानुनी रुपमा आधिकारिकता विवाद समाधान गर्न लागेको हो। जसपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको रुपमा ५१ सदस्यीय कार्यकारिणी समिति दर्ता छ। जसमा उपेन्द्र यादव पक्षले आफूहरुतर्फ ३० जना रहेको दावी गरेको छ।


ताजा समाचार