जसपाको छिनोफानो आज

काठमाडौँ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको को आधिकारिकता विवाद आज टुंग्याउने तयारी गरेको छ।

आयोगले जसपाका कार्यकारिणी समितिको ‘हेड काउन्ट’ गरेर बहुमतका आधारमा आधिकारिकता विवाद टुंग्याउँदै छ। आयोगले इजलासमार्फत विवाद निरूपणका लागि गरेको प्रयास असफल भएपछि ‘हेड काउन्ट’को निर्णयमा पुगेको हो।

पार्टीभित्र विवाद बढेपछि जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफू आधिकारिक रहेको दाबी गर्दै समानन्तर ढंगले पार्टी सञ्चालन गर्दै आएका छन्। निर्णयको सम्भावित परिदृश्यसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले छुट्टाछुट्टै बैठक राखी रणनीति तय गर्नमा जुटेका छन्।


ताजा समाचार