भुपेन्द्र र मनुको स्वरमा ‘लरक्कै सारी’ बजारमा (भिडियोसहित)

काठमाडौँ। पत्रकार धनराज वास्तविकको शब्द रचनामा गायक भुपेन्द्र पुलामी मगरको तीजगीत ‘लरक्कै सारी’ सार्वजनिक भएको छ। गायक पुलामी र गायिका मनु सुनारको युगल आवाज रहेको उक्त गीतको संगीत पनि गायक पुलामीले नै भरेका हुन्।

सुरेश शाहीले संगीत संयोजन गरेको उक्त गीतको भिडियो खरो मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। त्यस्तै विजय केसीले निर्देशन गरेको भिडियोलाई राम सिंह भाटले छायांकन गरेका छन् भने विरेन्द्र भाटको सम्पादन रहेको छ।

निर्देशक केसी र मोडल रविना भण्डारीले उक्त भिडियोमा अभिनय गरेका छन्। लामो समयदेखि पत्रकारीतामा क्रियाशिल रहँदै आएका धनराज वास्तवीकले गीत संगीतमा पनि कलम चलाउँदै आएका छन्। हिन्दु नारीहरुको महान पर्व हरितालीका तीत नजिकै आइरहेको अवसर पारेर समय सान्धर्विक गीतको शब्द रचना गरेर बजारमा ल्याएको वास्तवीकले बताए।

भिडियो हेर्नुहोस्


ताजा समाचार