तालिवानाद्वारा पत्रकारको हत्या

काठमाडौँ। अफगानिस्तानको मिडिया तथा सुचना केन्द्रका निर्देशक दावा खानको हत्या भएको छ। तालिवानी लडाकुहरुले शुक्रबार राजधानी काबुलमा उनको हत्या गरेका हुन्।

स्थानीय सञ्चारमाध्यम टोलो न्युजको रिपोर्टअनुसार दारुल अमान सडकमा बन्दुकधारीहरुले उनीमाथि गोली हानेका छन् । पछिल्लो समय तालिवानले अफगान सरकारका उच्च अधिकारीहरुलाई निशाना बनाइरहेको छ । यसअघि बुधबार तालिवानले अफगानिस्तानका रक्षामन्त्रीको काबुलस्थित घरमा पनि आक्रमण गरेको थियो।

‘दुखद् कुरा, यी आतंककारीहरुले एकपटक फेरि कायर कार्य गरेका छन् र राष्ट्रवादी अफगानीलाई सहिद बनाएका छन्,’ अफगानिस्तानको आन्तरिक मन्त्रालयका प्रवक्ता मिर्वाइस स्तानिकजाईले भने ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले अफगानिस्तानको बिग्रँदो अवस्थाबारे खुला छलफल गर्नका लागि शुक्रबार बैठक डाकेको छ । तालिवानी लडाकुहरुले देशका दुर्गम क्षेत्रमा रहेका भूभागहरु कब्जा गरेपछि अहिले प्रमुख शहरमा आक्रमण गरिरहेका छन् ।

उनीहरुले दक्षिणतर्फको कन्दहर शहर आर्थिक रुपमा महत्वपूर्ण मानिएको हेरात र हेल्मन्ड प्रान्तको राजधानी लस्कर गरमा आक्रमण गरिरहेका छन् ।


ताजा समाचार