२५४८ जनामा कोरोनाभाइरस संक्रमण थप

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण र २०१९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना पुगेको छ। यस्तै एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ।

संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । यस्तै हालसम्म मृतकको कुल संख्या १ हजार ९३ जना पुगेको छ ।

हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको थियो ।


ताजा समाचार