जसपाको पहिलो वरियतामा डा. भट्टराईं, दोस्रोमा उपेन्द्र

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) को पहिलो वरियतामा पूर्वप्रधानमन्त्री एवं संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई छन्।

निर्वाचन आयोगले सोमबार अध्यावधिक गरेको कार्यकारिणी समितिको पहिलो वरियतामा डा.भट्टराईको नाम उल्लेख छ। अध्यक्ष उपेन्द्र यादवको नाम दोस्रो वरियतामा छ। तेस्रो वरियतामा वरिष्ठ नेता अशोककुमार राई र चौथोमा राजेन्द्रप्रसाद श्रेष्ठलाई राखिएको छ।

त्यसपछि भने वर्णानुक्रमअनुसार अमृता अग्रहरी, गजाधर रोहिता यादव, गोविन्द चौधरी, गंगानारायण श्रेष्ठ, डम्मरुबल्लभ खतिवडा, दुर्गा सोब, नवराज सुवेदी, नवलकिशोर साह, प्रकाश अधिकारी, प्रशान्त सिंह, परशुराम खापुङ, परशुराम बस्नेत, भक्तबहादुर शाह, मनिषकुमार सुमन, महेन्द्रराय यादव छन्।

त्यस्तै मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इश्तियाक राई, युवराज कार्की, रकम चोम्जोङ, रणध्वज लिम्बु, रमेशप्रसाद यादव, राजकिशोर यादव, रामनरेश राययादव, रामसहायप्रसाद यादव, रेणुकुमारी यादव, रेशमलाल चौधरी, लालबाबु राउत, विजयकुमार, सुशीला श्रेष्ठ, हिसिला यमी र हेमराज राई छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले केन्द्रीय कार्यकारिणी समितिले प्रक्रिया पुर्‍याएर कार्यकारिणी समितिको संख्या हेरफेर गरिएको जानकारी दिएका छन्।


ताजा समाचार