तालिवानी सामाग्रीमाथि फेशबुकद्वारा प्रतिबन्ध

काठमाडौँ। फेसबुकले तालिवान र यस समूहलाई प्रवद्र्धन गर्ने सम्बन्धित सामाग्रीहरुमाथि प्रतिबन्ध लगाएको छ।

यस्तो प्रतिबन्ध फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा लागु हुनेछ। सीएनबीसीसँग मंगलबार कुराकानी गर्दै फेसबुकले तालिवानलाई आफुले आतंककारी मान्ने गरेको प्रतिक्रिया दियो । यस समूहले आफ्ना सन्देशहरु आदनप्रदान गर्न वर्षौंदेखि फेसबुकको प्रयोग गरिरहेको छ।

तालिवानसँग सम्बन्धित पोस्ट, फोटो, भिडियो र अन्य सामाग्रीको निगरानी गर्न र हटाउनका लागि आफुसँग प्रतिवद्ध टोली रहेको फेसबुकले जनाएको छ। यसै साता तालिवानले अफगानिस्तान कब्जा गरेको थियो। सीएनबीसीसँगको कुराकानीमा फेसबुकका एक प्रवक्ताले भने,‘अमेरिकी कानूनले तालिवानलाई आतंकवादी संगठनका रुपमा प्रतिबन्ध लगाएको छ र खतरनाक संस्था नीतिअन्तर्गत हामीले यसलाई हाम्रो सेवाबाट प्रतिबन्ध लगाएका छौं।’

ती प्रवक्ताका अनुसार तालिवानका तर्फबाट सञ्चालन गरिएका फेसबुक एकाउन्ट तथा तालिवानको प्रशंसा र समर्थन गरिएका एकाउन्ट हटाइनेछ।


ताजा समाचार