पछिल्लो २४ घण्टामा ३२७४ जनामा कोरोना संक्रमण

काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर ३२७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २७ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेको छ।

संक्रमितमध्ये ६ लाख ८७ हजार ६९ पुगेको छ। यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ३५४ पुगेको छ। हाल देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित रहेका छन्।


ताजा समाचार