प्रम देउवा र राजदुत क्वात्राको उपस्थितिमा आनन्द निकेतनकाे उद्घाटन

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राको उपस्थितिमा ललितपुरको बागडोलस्थित ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवनको नवनिर्मित भवनको उद्घाटन गरिएको छ।

जेष्ठ नागरिकहरुका लागि उक्त भवन एक नमुना वृद्घाश्रमको रुपमा रहेको र उनीहरुको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधा रहेको बताइएको छ। यस भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु रहेका छन्।

भारत सरकार र नेपाल सरकारबीचको सम्झौता अनुरुप यस भवनको निर्माण भारत सरकारको नेपाली ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा गरिएको हो।

दुई देशबीचको विकास सहकार्यको हिस्साको रुपमा भारतले नेपालभर हालसम्म ४५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ।

 


ताजा समाचार