जेबी टुहुरेको निधन

काठमाडौँ। जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ। टुहुरेको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा निधन भएको हो।

टुहुरे मंगलबार घरमा एक्कासि लडेपछि उपचारका लागि बयोधा अस्पताल लगिएको थियो। मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घरोग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन्।


ताजा समाचार