पौडेलको पत्रकार सम्मेलनमा गगन थापाको उपस्थिति

काठमाडौँ। आसन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका गगन थापा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भएका छन्।

पार्टीको १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट महामन्त्री लडेका नेता थापा यो महाधिवेशनको पूर्वसन्ध्यामा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको हो। संस्थापन इतर समूह एक भएर महाधिवेशनमा उम्मेदवार चयन गर्ने कसरतमा रहेको छ। पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिने हो भने साझा उम्मेदवार उठाउनुपर्ने सो समूहको निष्कर्ष रहेको छ।


ताजा समाचार